January 26, 2012

मुम्बई, माघ ४ (एजेन्सी)- संसारकै शक्तिशाली महिलाको सूचीमा पर्ने अमेरिकी सञ्चारकर्मी ओपरा विन्फ्रेले भारतमा बलिउडको शानदार स्वागत पाएकी छिन्। विन्फ्रेको स्वागतमा सोमबार आयोजित रात्रिभोजमा अमिताभ बच्चन, शाहरुख खान र ऐश्वर्या राय पनि सहभागी थिए।

सामाजिक व्यक्तित्व परमेश्वर गोदरेजको निवासमा आयोजित पार्टीमा उपन्यासकार शोभा डे र गहना डिजाइनर फरहा खान अलि पनि उपस्थित थिए।

फिल्म निर्देशक आशुतोष गोवारिकर र राजकुमार हिरानी, अभिनेता अनुपम खेर, अभिषेक बच्चन, ऋत्विक रोशन, प्रीति जिन्टा, प्रियंका चोपडा, शिल्पा शेट्टी, अभय देवल, प्रीति देसाई, लारा दत्ता, डिनो मोरिया, समिरा रेड्डी, कल्की कोचलिन, कंगना रनावत, अनिल कपुर र इमरान खान पनि पार्टीका पाहुना थिए।

No comments: