अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालका लागि  अमेरिकी राजदूत स्कट एच डेलिसीलाई युगान्डाका लागि राजदूत मनोनयन गरेको  ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। अमेरिकी सिनेटले  राष्ट्रपतिको मनोनयनलाई अनुमोदन गरेपछि बल्ल लागू हुने प्रावधान रहेको छ।      डेलिसी सन् २०१० को मार्चदेखि नेपालमा राजदूत छन्। नेपाललाई  छिट्टै छाड्नु पर्दा म दुःखी छु, उनले आफ्नो फेसबुकमा लेखेका छन्। अमेरिकी  राजदूतको पदावधि सामान्यतया तीन वर्षको हुने गर्छ। उनलाई एक वर्ष अघि नै  नेपालबाट फिर्ता बोलाउन लागिएको हो। 
डेलिसी आफ्नो फेसबुक पेजमार्फत् राजनीतिक टिप्पणी र अन्तर्क्रियाका कारण पनि अन्य अमेरिकी राजदूतभन्दा बढी चर्चामा छन्।डेलिसी गएपछि नेपालमा कसलाई राजदूत नियुक्त गरिने भन्ने बारे ह्वाइट हाउसले केही बताइसकेको छैन।

No comments:
Post a Comment