April 26, 2011

Saibaba's last moment.........

उनी भगवान् नै हुन् भन्ने विश्वास गर्ने करोडौँ भक्तजनलाई निराश पार्दै साईबाबाले sआइतबार संसार त्यागे। उनलाई सात फिट गहिरो र १२ फिट चौडा खाडलमा सुतेको अवस्थामा समाधिस्थ गरियो। उनको पार्थिव शरीरका साथमा कुरुक्षेत्रको माटो, नून, चाँदी, सुन र नवरत्न पनि राखियो। सोही ठाउँमा बाबाको सुनको मूर्ति केही दिनमा नै बनाइने बताइएको छ। साई केन्द्रीय ट्रस्टका केही प्रमुख सदस्यहरुको उपस्थितिमा मात्र अन्तिम संस्कार गरिँदैछ।


सन् २०२२ मा मात्र आफूले देह त्याग गर्ने घोषणा गरेका बाबाको निधनले उनी भगवान् थिएनन् भन्ने पुष्टि गरेको छ। मिडियाहरूमा आएको खबरअनुसार उनका कतिपय भक्तहरू भने अझ पनि उनी परलोक भएकोमा विश्वास नै गरिरहेका छैनन् रे। २०२२ आउन अझ ११ वर्ष बाँकी रहेकोले बाबा फेरि ब्युँतनुहुन्छ भन्ने उनीहरूको तर्क रहेछ। यी भक्तहरूको तर्क सही ठहरियोस् भन्ने कामना गर्नु बाहेक अहिलेलाई अरू के नै पो गर्न सकिन्छ र?

No comments: